भारतसँगको दोस्रो एक दिवसीय क्रिकेटमा इङ्ग्ल्याण्ड ६ विकेटले विजयी



काठमाडौँ । पाहुना टोली इंग्ल्यान्डले भारतविरुद्धको दोस्रो एकदिवसीयमा शानदार जित निकालेको छ । पुनेमा शुक्रबार भएको खेलमा इंग्ल्यान्डले भारतमाथि ६ विकेटको शानदार जित निकालेको हो ।

भारतले दिएको ३ सय ३७ रनको विशाल लक्ष्य इंग्ल्यान्डले ४३ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । इंग्ल्यान्डको जितमा जोनी बेयर्स्टोले १ सय १२ बलमा १ सय २४ रनको शतकीय इनिङ्स खेले ।

यस्तै बिस्फोटक ब्याटिङ गरेका बेन स्टोक्सले ५२ बलमा ९९ रनको अर्धशतकीय इनिङ्स खेले । जासन रोयले ५५ रनको अर्धशतकीय इनिङ्स खेले ।यस्तै लियाम लिभिङस्टोनले अविजित २७ रन बनाउँदा डाविड मालनले अविजित १६ रन बनाए ।

भारतका प्रसिद्ध कृष्णले २ विकेट लिए । भुवनेश्वर कुमारले १ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ३६ रन बनाएको थियो ।

भारतका केएल राहुलले १ सय ८ रनको शतकीय इनिङ्स खेले पनि टोलीको जितका लागि पर्याप्त भएन । यस्तै ऋषव पन्तले ७७ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान विराट कोहलीले ६६ रनको अर्धशतकीय इनिङ्स खेले ।

जितसँगै इंग्ल्यान्डले ३ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ ।