मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा ओन्दोलित विद्यार्थी र प्रहरीबीच झडप



काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । शुक्रबार साँझ उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहलई प्रहरीले स्कर्टिङ गरेर विश्वविद्यालय गेटभित्र प्रबेश गराउने क्रममा विद्यार्थीहरुले नाराबाजी गरेपछि प्रहरीले विद्यार्थीमाथि लाठीचार्ज गर्दा विद्यार्थी र प्रहरीविच झडप भएको हो ।
कानुन संकायतर्फको प्रवेश परीक्षा उतीर्ण गरेका विद्यार्थीले प्रदर्शन गर्ने क्रममा केही विद्यार्थी घाइते समेत भएका छन् । विद्यार्थीको आन्दोलन प्रति समर्थन जनाउन धर्नस्थल पुगेका नेविसंघका पूर्वकेन्द्रीय सदस्य अनिबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको विद्यार्थी नेता रोशन बस्नेतले बताए ।