फागुन २८ पछिका निर्णय फिर्ता नहुने ओलीको अडान



काठमाडौँ ।  प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ यताका कुनै पनि निर्णय फिर्ता नहुने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको संसदीय दलको बैठकमा ओलीले फागुन २८ पछिका निर्णय फिर्ता नहुने अडान दोहो¥याएका हुन् ।

साथै स्पष्टीकरण सोधिएका माधवकुमार नेपाल समूहका नेताहरुको जवाफ नकारात्मक आएकाले कारबाही गर्ने पनि बताएका छन् ।
मुख्य सचेतक विशाल भट्टराईका अनुसार बैठकमा सहभागी खनाल–नेपाल समूहका सांसदहरुले एमाले ब्युँतिएपछि पार्टीलाई जेठ २ गते अगाडिको अवस्थामा लगेर एकता कायम राख्नुपर्ने ओली समक्ष सुझाव राखेका थिए ।

उनका अनुसार प्रधानमन्त्री ओलीले एमालेमा गुट वा समूह नरहेको भन्दै अब गुट÷समूहका रुपमा छलफल नगर्ने बताएका थिए । बैठकले अब संसदीय दलको नियमित बैठक नियमित राख्ने, सांसदहरुको क्षमता अभिवृद्धि गराउने, संसद्मा उपस्थिति प्रभावकारी बनाउने निर्णय पनि गरेको प्रमुख सचेतक भट्टराईले जानकारी दिएका छन् ।