वायु प्रदूषण बढेपछि खुला स्थानमा नबस्न स्वास्थ्य मन्त्रालयको अपील



काठमाडौँ । काठमाडौं उपत्यकाभित्रको वायु प्रदूषण निकै बढेको भन्दै घर बाहिर खुला स्थानमा नबस्न अपिल गरेको छ । मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले शुक्रबार साँझ अपील जारी गर्दै मर्निङवाक नगर्न, फोहोर नजलाउन, कोभिड–१९ का लागि तोकिएका जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न आग्रह अपिल जारी गरेका हुन् ।

अपिलमा बालबालिका, दीर्घरोगी, ज्येष्ठ नागरिकहरुको विशेष ख्याल गर्न, धूलोधुँवा उड्ने खालका पेसा, व्यवसाय, निर्माण कार्यहरु केही दिनलाई स्थगन गर्न र सवारी साधन वा पेसा व्यवसायका कारण हुनसक्ने वायु प्रदूषण कम गर्न अत्यावश्यक नभई सवारी साधनहरु नचाउन आग्रह गरिएको छ ।