कान्टेले विश्वकप छनौटका दुई खेल किन गुमाउदै छन् ?



एजेन्सी । फ्रान्सका मिडफिल्डर एनगोलो कान्टेले विश्वकप छनौट अन्तर्गत आउने दुई खेल गुमाउने भएका छन् ।

ह्यामस्ट्रिङ चोटको कारण कान्टेले आगामी दुई खेल गुमाउने भएका हुन् ।

कान्टेले बुधबार राति युक्रेनविरुद्धको खेलमा चोट बोकेका थिए । जुन खेलमा फ्रान्स १(१ गोलको बराबरीमा रोकिएको थियो ।

विश्वकप छनोट अन्तर्गत फ्रान्सले अब काजकिस्तान र बोस्निया एण्ड हर्जगोभिनासँग खेल्नेछ ।

फ्रान्सले काजकिस्तानसँग आइतबार र बुधबार बोस्नियासँग खेल्नेछ ।

समूह ‘डीु’मा रहेको फ्रान्स १ अंक जोडेर तालिकाको चौंथो स्थानमा रहेको छ ।