कल्पना बिसी र टेक बोगटीको ‘औंसी काली रात’



काठमाडौं । गायिका कल्पना बिसी र गायक टेक बोगटीको आवाजमा ‘औंसी काली रात’ बोलको गीत सार्वजनिक भएको छ । भरत राज धमलाको शब्द तथा संगीत रहेको गीतको एरेन्ज दिपक संगम बिसीले गरेका हुन् ।

यो गीत सुदूर धमाका युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतको भिडियोमा कल्पना र भरत राज धमलाले अभिनय गरेका छन् । भिडियोको निर्देशन भिम बिष्ट (अछामी रेखा)ले गरेका हुन् ।