एमाले संसदीय दलको बैठकमा नेपाल–खनाल समूह जाने



काठमाडौं । नेकपाका एमालेका अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको पार्टी संसदीय दलको बैठकमा नेपाल–खनाल पक्ष पनि सहभागी हुने भएको छ ।

यसअघि अध्यक्ष ओलीले बालाएका बैठकहरु बहिस्कार गर्दै आएको यो समूह आजको दलको बेठकमा भने सहभागी हुने भएको हो । तर बैठकमा यो समूहबाट कति जना सहभागी हुने भन्ने टुंगो भने लागेको छैन् ।

नेपाल–खनाल समूहका नेता सुरेन्द्र पाण्डेका अनुसार बैठकमा केन्द्रिय सदस्यहरु सहभागी नहुने देखिएको छ । तर यस बिषयमा यो समूहको केन्द्रिय कमिटी बैठकले टुंगो लगाउने छ । यो समूहको केन्द्रिय कमिटी बैठक आज बिहान बस्दैछ ।