आजको मौसम : पहाडी भू-भागहरुमा आंशिक बदली



काठमाडौं । हाल देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

शुक्रबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं. १ को पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित फाटफुट र हल्का वर्षाको सम्भावना रहेको छ ।

शनिबार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित फाटफुट र हल्का वर्षाको सम्भावना रहेको छ ।

आइतबार प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही, बाँकी प्रदेशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

देशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित फाटफुट र हल्का वर्षाको सम्भावना रहेको छ ।