राजेशपायल राईलाई दिक्तेल रुपाकोट मझुवागढी पुरस्कार



काठमाडौं । ‘राई ईज किङ’को उपाधि पाएका गायक राजेशपायल राईलाई एक लाख राशिको पुरस्कारसहित सम्मान गरिएको छ । खोटाङको बुइपामा जन्मिएका गायक राजेशपायलाई गृहनगर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बुधवार सम्मान गरेको हो ।

गायनको माध्यमबाट नगरपालिका तथा जिल्लालाई देश÷बिदेमा चिनाएको भन्दै गायक राजेशपायललाई उक्त राशिको ‘नगर पुरस्कार’ प्रदान गरिएको नगरप्रमुख दिपनारायण रिजालले बताए ।

नगरपालिकाले नगरभित्रका उत्कृष्ट विद्यालयको रुपमा पञ्चमावि दिक्तेललाई नगद ५० हजारसहित प्रमाणपत्रले पुरस्कृत गरेको छ । यस्तै, विद्यालय सुधार सम्बन्धी उत्कृष्ट भूमिका निर्वाह गर्नुहुने सरस्वती मावि दिक्तेलका प्रधानाध्यापक ध्यानबहादुर राईलाई नगद ५० हजार राशिको पुरस्कार प्रदान गरिएको छ ।