योगेश भन्छन् : ‘एकता जोगाउन हरसम्भव कोशिस गरौ’



काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकता जोगाउन हरसम्भव प्रयास गरिनुपर्ने बताएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा नेता भट्टराईले थोरै पनि लचकताबाट यो सम्भव रहेको  बताएका छन् ।

पछिल्ला गतिविधिले एमाले विभाजन नजिक पुगेको उनको आशय छ। एमाले विभाजन भएपछि हुन नोक्सानीले मुलुकलाई दशकौँपछि धकेल्ने चेतावनी पनि उनले दिएका छन्। अतिवाद र अस्थिरताले के सम्म गर्छ भन्ने कुरा निकट विगतलाई सम्झे मात्रै पुग्ने उनले बताएका छन्। ‘नेकपा एमालेको एकता कायम राख्न सबैले हरसंभव कोशिस गरौँ। थोरै पनि लचकताबाट यो संभव छ ।

बिग्रे पछि हुने नोक्सानीले मुलुकलाई दशकौँ पछि धकेल्ने छ। अतिवाद र अस्थिरताले के सम्म गर्छ निकट विगतलाई सम्झे मात्र पुग्छ’, भट्टराईले लेखेका छन्। नेकपा एकता बदर गरी एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वाेच्चको फैसलापछि एमालेभित्र पनि विभाजनको रेखा कोरिन थालेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले अनुशासनको डण्डा चलाएपछि माधवकुमार नेपाल पक्षीय नेताहरु आक्रामक छन्।

तर योगेश भट्टराईसहित दोस्रो पुस्ताका केही नेताहरुले एकता जोगाउन लचकता अपनाउन दुवै पक्षालाई आग्रह गरिरहेका छन्।