एमाले संसदीय दलको बैठक बस्दै, के छन एजेण्डा ?



काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पनि संसदीय दलको बैठक बोलाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा संसदको चालु अधिवेशन प्रभावकारी बनाउने विषयमा छलफल हुने मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए।

बैठकमा नेपाल–खनाल पक्षका सांसद उपस्थित हुने र नहुने टुङ्गो लागेको छैन। वरिष्ठ नेता माधवकुमार नेपालले बालुवाटारमा बोलाउने कुनै पनि बैठकमा सहभागी नहुने बताउँदै आएका छन्। त्यसअघि यो समूहले बिहान ११ बजेका लागि केन्द्रिय कमिटी बैठक बोलाएको छ ।