शिक्षण संस्थामा जनस्वास्थ्य मापदण्ड पालना गर्नु : शिक्षा मन्त्रालय



काठमाडौँ । कोभिड–१९ को जोखिम बढ्ने सम्भावना देखिएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षण संस्थामा जनस्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिएको छ ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बिहीबारको बैठकले शिक्षक र विद्यार्थीको स्वास्थ्य र शिक्षण संस्थाका क्रियाकलापहरु सञ्चालनमा ध्यानाकर्षण गराएको एक विज्ञप्ती जारी गरी जानकारी गराइएको छ ।

मन्त्रालयले यसका साथै प्रदेश सरकार र स्थानीय तहबाट स्थान विशेषमा तय गरिएका थप मापदण्डको पालना गर्न र गराउन अनुरोध समेत गरेको छ ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माद्धारा जारी विज्ञप्तिमा शिक्षण संस्थामा मास्क तथा स्यानिटाइजरको प्रयोग, साबुन पानीले हात धुने, ज्वरो नाप्ने र व्यक्तिमा संक्रमणको लक्षण देखिए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गवरिएको छ ।

विज्ञप्तिमा शिक्षण संस्थामा सभा, समारोह र वार्षिक उत्सवजस्ता भीडभाड हुने प्रकृतिका कार्यक्रमहरु तत्कालका लागि नगर्न पनि अनुरोध गरिएको छ ।