भूमिहिन नागरिकहरुको समस्या समाधान गर्न सरकार गम्भिर छ : डा. तुम्बाहाङ्फे



काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले भूमिहिन र अव्यवस्थित बसोबास गर्ने नागरिकहरुको समस्या समाधान गर्न सरकार गम्भिर रहेको बताएकी छन् ।

बिहीबार काठमाडौंको कीर्तिपुर स्थित पाँगा बालकुमारी क्षेत्रका बासिन्दाहरुलाई लालपुर्जा वितरण गर्न आयोजित कार्यक्रममा बोल्दै मन्त्री तुम्बाहाङ्फेले भूमि नभएकाहरुलाई भूमिको व्यवस्था गरिने बताएकी हुन् ।

संविधानले नै भूमिबिहिनहरुलाई भूमि उपलब्ध गराउने भनेकोले सोही अनुसार नै नियम कानूनहरु बनेको र सरकारले पनि भूमि उपलब्ध गराउने कार्यलाई अगाडि बढाएको बताइन् ।

मन्त्री तुम्वाहाम्फेका अनुसार अहिले भूमि सम्बन्धी समस्या समाधान आयोग गठन गरेर ७७ वटै जिल्लामा सुकुम्बासीहरुलाई जमिन दिने कामलाई तिब्रता दिइएको छ ।