नेकपा बदर गर्ने सर्वोच्चको फैसलाविरुद्ध प्रचण्ड–नेपाल पुनरावलोकनमा जाने



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधव नेपालबीच नेकपा बदर गर्ने सर्बोच्च अदालतको फैसलामा पुनरावलोकनमा जाने सहमति भएको छ ।

उनिहरुविच बिहीबार कोटेश्वरस्थित नेता नेपालको निवासमा भएको भेटमा यस्तो सहमति भएको हो । भेटका क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाललाई आफूहरू सर्वोच्चको फैसलामाथि पुनरावलोकनमा जानेबारे जानकारी गराएको र जवाफमा नेपालले आफूहरूको त्यसमा समर्थन रहनेबारे अवगत गराएका जनाइएको छ ।