विवादित ललिता निवासको जग्गामा रहेका घर टहरा हटाउन सरकारको निर्देशन



काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बालुवाटारस्थित ललिता निवासको जग्गाभित्र निर्माण भएका घर टहरा हटाउन निर्देशन दिएको छ । बुधरबार मन्त्रालयले विज्ञप्ति जारी गरेर त्यहाँ रहेका घर टहरा हटाउन मन्त्रीस्तरको निर्णय भएको जानकारी दिइएको छ ।

विज्ञप्तीमा वालुवाटारस्थित ललिता निवास क्याम्पभित्रका केही जग्गाहरुमा हाल पनि घर टहरा निर्माण कार्य भइरहेको जानकारी प्राप्त भएकोले विवादित जग्गाहरुमा नक्सा पाससम्बन्धी कार्य नगराउने व्यवस्था मिलाउन र कानून विपरीत घर टहरा निर्माण कार्य भइरहेको भए निर्माण कार्य रोक्ने व्यवस्थाका लागि लेखी पठाउने भनी मन्त्रीस्तरबाट निर्णय भएको हुँदा समन्वय र सहयोगको लागि अनुरोध गरिएको छ ।