मुख्यमन्त्री राई र पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता हुने



काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने भएको छ । उक्त समूहका शीर्ष नेताबीच भएको बैठकपछि अविश्वास प्रस्ताव लिने निर्णय भएको हो ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका खनाल–नेपाल समूहका प्रदेशसभा सदस्यहरुले सामूहिक रुपमा प््रस्थ्न्व् फिर्ता लिने जनाएका छन् ।

खनाल–नेपाल समूहका नेता तथा प्रदेशसभा सदस्य राजेन्द्रकुमार राईले ३ दिनअघि नै शीर्ष नेताहरु बसेर प्रदेश १ का मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमा गरेको हस्ताक्षर सामूहिक रुपमा फिर्ता लिने सहमति भइसकेको बताए ।

प्रदेश १ मा पुस १२ गते सत्तारूढ तत्कालीन नेकपाको दाहाल–नेपाल समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । उक्त समूहका ३७ जना प्रदेशसभा सदस्यले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

यसैगरी बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध तत्कालिन प्रचण्ड–नेपाल समूहका ४५ सांसदले पुस १० मा प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएका थिए । खनाल–नेपाल समूहले बागमती प्रदेशमा दर्ता भएको प्रस्ताव नै फिर्ता लिने निर्णय भएको उक्त समूहका एक नेताले जानकारी दिए ।

अब १÷१ दिनभित्रै अविश्वास प्रस्ताव फिर्ता लिने जनाइएसँगै प्रदेश १ र बागमती प्रदेश सरकार तत्काल नढल्ने भएकोले मुख्यमन्त्रीहरु राई र पौडेलको पद जोगिएको छ ।