काठमाडौंमा मास्क नलागाई निस्कनेलाई कारवाही गरिने



काठमाडौं । काठमाडौंका सार्वजनिक स्थानमा आवत जावत गर्दा मास्क प्रयोग नगर्नेलाई कारवाही गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार एक वित्रप्ती जारी गरी मास्क प्रयोग नगर्ने र कोरोनाबाट बच्न स्वास्थ्यका मापदण्ड पूरा नगर्नेलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गरिने जनाएको हो ।

साथै विज्ञप्तीमा कोभिड–१९ को सम्भाव्य जोखिमहरु न्यूनीकरण गरी संक्रमण बढ्न नदिन सार्वजनिक स्थलमा भीडभाड नगर्ने, फागू पर्वको अवसरमा सार्वजनिक स्थलमा भीडभाड नगर्ने, होली पर्वलाई आफ्नो घरभित्र सीमित रही सामाजिक, सांस्कृतिक मर्यादाअनुसार खेल्न, घर बाहिर तथा सार्वजनिक स्थान, सार्वजनिक यातायात प्रयोग गर्दा अनिवार्यरुपमा मास्क, स्यानिटाइजर र सामाजिक–भौतिक दुरी कायम गरी स्वास्थ्य मापदण्डलाई परिपालना गर्न अनुरोध गरिएको छ ।