त्रिदेशीय फुटबल प्रतियोगितामा बङ्गलादेशद्धारा किर्गिस्तान एक–शून्यले पराजित



काठमाण्डौ । त्रिदेशीय फुटबल प्रतियोगितामा किर्गिस्तानको यू–२३ टोली बङ्गलादेशसंग पराजित भएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा मङ्गलवार भएको खेलमा बङ्गलादेशले किर्गिस्तानलाई एक–शून्यले पराजित गरेको हो ।

पहिलो हाफमा कुमारबाज उलु वाइयमानले गरेको आत्मघाती गोल नै बंगलादेशको जितमा निर्णायक बन्यो । बंगलादेशको सिनियर टोलीले किर्गिस्तानलाई पहिलोपटक हराएको हो ।

यसअघि चार भेटमा बंगलादेशले किर्गिस्तानको सिनियर टोलीसँग जित निकाल्न सकेको थिएन । बंगलादेशले किर्गिस्तानको युवा टोलीमाथि खेलको सुरुवातदेखि नै दवाव बढाएको थियो ।

सुखद सुरुवात गरेको बङ्गलादेशले फाइनल प्रवेशलाई बलियो सम्भावना बनाएको छ । अब बङ्गलादेशले अर्को खेलमा घरेलु टोली नेपालसँग प्रतिस्पर्धा गर्नेछ । पराजित किर्गिस्तानले बिहीवार नेपालसँग खेल्नेछ ।