‘रेलको बाटो’ पछि सुरजको ‘टल्का रे ओई’ सार्वजनिक (भिडियो)



काठमाडौं । लोकप्रिय गीत ‘रेलको बाटो’ का गायक सुरज पण्डितले अर्को गीत ल्याएका छन् ।

सुरज पण्डित युट्युब च्यानलबाट ‘टल्का रे ओई’ बोलको गीत सार्वजनिक भएको हो। यसअघि रेलको बाटोमा बनेका २ वटा भिडियोमा यतिबेला युट्युबमा ६ लाख बढि, र ८ लाख बढि पटक हेरिएका छन् ।

‘रेलको बाटो’को लोकप्रियता चुलिदै गएका बेला पण्डितले अर्को गीत सार्वजनिक गरेका हुन् । यो गीतमा पनि कर्णालीको भाषा समेटिएको छ । गीतमा प्रेम प्रसंग समेटिएको छ । गीतमा लोकराज न्यौपाने र पण्डितको शब्द छ, भने पण्डितकै संगीत छ ।

सपना तामाङ, रविना सुनुवार, राज रोकाय लगाएतका कलाकार भिडियोमा देखिएका छन् । भिडियो निर्देशन भने राज रोकायले गरेका छन् ।