नेपाललाई एमालेको स्पष्टीकरण, प्रचण्डको मतियार किन बनेको ?



काठमाडौं : नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीको वरिष्ठ नेता नरहेको जनाउसहित १० बुँदे स्पष्टीकरण सोधेको छ। स्पष्टीकरण पत्रमा नेपाललाई महाधिवेशन आयोजक समिति सदस्यका रुपमा सम्बोधन गरिएको छ।

पार्टी केन्द्रीय कमिटीको बैठकको निर्णय अनुसार महासचिव ईश्वर पोखरेलले सोधेको स्पष्टीकरणमा कानुनविपरीत सडकबाट अध्यक्ष केपी शर्मा ओलीलाई नेकपाको अध्यक्ष र साधारण सदस्य समेतबाट के आधारमा निष्कासन गरेको भनेर सोधिएको छ।

त्यस्तै नेकपाको वरिष्ठ नेताको जिम्मेवारीमा रहँदाको बेला अध्यक्ष ओलीविरुद्ध १९ बुँदे आरोपपत्र पेश गर्दा प्रचण्डको मतियार किन बनेको? भन्दै त्यसको समेत जवाफ मागिएको छ।

यस्तो छ १० बुँदे  स्पष्टिकरण

१. तपाईंले साविक नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को वरिष्ठ नेताको जिम्मेवारीमा रहँदाको अवस्थामा पार्टी अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा १९ ‘पुष्ठ लामो अराजनीतिक, तथ्यहीन र शत्रुतापूर्ण आरोप’ तयार गर्न, पार्टी विधानको व्यवस्था विपरित छापामार शैलीमा तत्कालीन पार्टी सचिवालयमा प्रस्तुत गर्न र त्यसलाई पार्टीको नाम, झण्डा र लोगो समेतको अनाधिकृत रुपमा प्रयोग गरी पुस्तक प्रकाशित गरेर वितरण गर्नमा अग्रसर भई पुष्पकमल दाहालको मतियार समेत भई पार्टी हित विपरित कार्य गरेको र गराउनु पर्नाको कारण के हो?

२. नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विधान विपरित सडक तथा अनाधिकृत स्थानमा बसी अनाधिकृत र कानुन विपरित पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र साधारण सदस्य समेतबाट के–कुन आधारमा सडकबाटै कथित निश्कासनको निर्णय गर्नु, गराउनु भएको हो?

३. निर्वाचन आयोगमा पार्टी विधान र हित विपरित पटक–पटक तपाइँ र तपाइँ समेत भई विभिन्न प्रकारका निवेदनहरु के–कति कारणले गर्नु गराउनु भएको हो रु

४. पार्टी फुटाउने उद्देश्यले पार्टीको नाम, चिन्ह र झण्डासमेत कुनै एउटा समूह वा गुटले मात्र प्रयोग गर्ने, गराउने उद्देश्यका साथ विभिन्न कथित निवेदन लिई निर्वाचन आयोगमा पटक–पटक किन जानुभएको हो रु र, पार्टी फुटाउँदा के–कुन उद्देश्य हासिल हुने हो?

५. पार्टी अध्यक्ष र महासचिवद्वारा मिति २०७७ चैत्र ३ गते गरिएको मौखिक तथा लिखित निर्देशनको अवज्ञा गरी पार्टीको नाम, चिन्ह र झण्डाको दुरुपयोग गरि मिति २०७७ चैत्र ४ र ५ गते कथित राष्ट्रिय भेला गरेको, विभिन्न अन्य भेलाहरु निरन्तर गैर्रहेको, विभिन्न पार्टी कमिटी तथा भातृसंगठनहरुको भेला गरि अनाधिकृत रुपले विभिन्न कार्य गरिरगराई पार्टी फुटाउन नेतृत्व र अगुवाई किन गर्नु भएको हो?

६. तपाइँले आफ्नै पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्व गरेको लोकप्रिय सरकारका विरुद्ध संसद, सञ्चार माध्यम र सडकबाट निरन्तर विरोध गरेको र आफ्नै सरकारका विरुद्ध आफ्नो दलका नेता एवं प्रधानमन्त्रीलाई थाहै नदिई छापामार शैलीमा अविश्वास प्रस्ताव तयार गरेको, प्रतिनिधिसभाका कतिपय माननीय सदस्यहरुलाई भ्रम तथा प्रलोभनमा पारी हस्ताक्षर गराएको र कतिपय माननीय सदस्यहरुको फर्जी हस्ताक्षर समेत गरि मिति २०७७ पुस ५ गते संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रयास गरेको जस्तो गर्नै नहुने अत्यन्तै हानिकारक र अनुशानसन काम किन गर्नु भयो?

७. सम्मानित सर्वोच्च अदालतको मिति २०७७ फागुन २३ गतेको फैसलापछि नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय कमिटीका दशौँ, एघारौँ र बार्हौं बैठक र संसदीय दलको बैठकहरुमा समेत उपस्थित हुनुको साटो पार्टीको विधान र निर्देशन विपरित पार्टी र जनसंगठनहरुको नाम, झण्डा र चिन्हको दुरुपयोग गरि समानान्तर संगठन निर्माण गर्ने र कथित राष्ट्रिय कार्यकर्ता भेला तथा विभिन्न नामका कथित भेलाहरु आयोजना गर्नु र पार्टी र पार्टीको एकता विरोधी प्रस्ताव प्रस्तुत एवं पारित गर्नु गराउनुको कारण के हो?

८. विपक्षी राजनीतिक दलहरुस्नाग गठबन्धन गरि आफ्नो पार्टीको अध्यक्ष एवं दलका नेता केपी शर्मा ओली नेतृत्वको सरकार गिराउन र अन्य राजनीतिक पार्टीका नेताहरुलाई प्रधानमन्त्री बनाउन षड्यन्त्र गर्नुको करण के हो?

९. ‘माधव नेपालहरु सके नेकपा एमाले कब्जा गरेर नसके विद्रोह गरेर नेकपा माओवादी केन्द्रसँग एकता गर्न आउनुहुन्छ’ भन्ने पुष्पकमल दाहालका सार्बजनिक भनाईहरुप्रति तपाइँको मौन समर्थन रहनुको रहस्य वा कारण के हो? योबीचमा पनि पुष्पकमल दाहालसँगको निरन्तर भेटघाट जारी रहनुको अर्थ के हाे?

१०. माथि उल्लेखित क्रियाकलापहरुका साथै पार्टी हित विपरित पार्टीको वैधानिक व्यवस्था र कार्यक्रमको विपक्षमा सार्बजनिक क्रियाकलाप गरेको, पार्टी विधान तथा निर्णय विपरित गुटबन्दी तथा षड्यन्त्र गरेको, पार्टी निर्णय बारम्बार उलंघन गरेको, पार्टी प्रतिको निष्ठा र विश्वास नरहने गरि भ्रम फैलाई स्वयं पार्टी प्रतिको निष्ठा र विश्वासबाट च्युत भएको, पार्टीको प्रतिष्ठा र मर्यादा आँच आउने गरि निरन्तर विभिन्न क्रियाकलापहरु संचालन गरेर/गराएको, पार्टी कमिटीको गोपनियता भंग गरेर/गराएको, केन्द्रीय जनप्रतिनिधि संस्था लगायत पार्टीले पठाएको जिम्मेवारीमा रहँदा पार्टी निर्णय र निर्देशन विपरित विभिन्न कार्यहरु निरन्तर गरिरहेको /गराईरहेको र यस्ता अवान्छित क्रियाकलापहरुमा पार्टीका जिम्मेवार व्यक्तिहरुलाई सम्मिलित गराएको/उक्साएको, अवान्छित तत्वसँग साँठगाठ गरि राष्ट्रहित विपरित काम गरेर गराएको, पार्टीको विधान र नियमावलीमा पार्टी सदस्य वा पार्टी कमिटीहरुले पालना गर्नुपर्ने भनि उल्लेखित कर्तव्य उलंघन गरे/गराएको समेत प्रष्ट देखिएकाले यस्तो क्रियाकलाप निरन्तर गरि/ गराई पार्टी हित विपरित पार्टीको एकता, अक्षूणता र अग्रगामी कार्यको विरुद्ध, पार्टीले राष्ट्रहित तथा जनहितका लागि गरिरहेको र गर्नुपर्ने कार्यलाई रोक्ने र पार्टी जीवन तथा समग्र पार्टीमाथि नै आँच आउनेगरी पार्टीलाई विभाजनको दिशामा लान यस्ता विभिन्न अनुचित क्रियाकलाप गरेर गराएको देखिएकाले त्यस्ता विभिन्न क्रियाकलापहरु के-कति कारणले निरन्तर गर्नु गराउनु भएको हो?

मिति २०७७ चैत्र ७ गते बसेको नेकपा एमाले केन्द्रीय कमिटीको १२औं बैठकको निर्णय बमोजिम माथि उल्लिखित विषयहरुमा तपाइले पार्टी विधानको धारा ४९ (क) को १, २, ३, ४, ५, ६, ७, ९, १० र १४ को उलंघन गरेको सप्रमाण देखिएकाले तपाईलाई पार्टी विधान बमोजिम कारवाही किन नगर्ने रु यस समबन्धमा माथि उल्लेखित सबै विषयहरुमा स्पष्ट पार्न तपाइँलाई तीन दिनको समय दिइएको छ । तीन दिनभित्र स्पष्टीकरण सहित लिखित जवाफ प्रस्तुत नगरेमा पार्टीको विधान नियमावली बमोजिम कारवाही हुने व्यहोरा अवगत गराइन्छ।

ईश्वर पोखरेल
महासचिव