टंक र पशुपतिको ‘ओए प्यारु – ए सुवा’ (भिडियो सहित)



काठमाडौं : गायक टंक तिमिल्सैना र गायिका पशुपति खनालको  ‘ओए प्यारु- ए सुवा’  बोलको गीत सार्वजनिक भएको छ। टंक तिमिल्सैना युट्यूब च्यानलबाट गीत सार्वजनिक भएको हो। गीतमा शब्द संगीत र एरेन्ज पनि गायक तिमिल्सैनाले नै गरेका छन्।

हेमराज थापा (बाबुराजा), सुवास कार्की (कार्की जि), पुष्पा बोहरा, स्मृती शाहीको गीतमा सामूहिक स्वर छ । गीतमा टंक र पशुपति नै फिचर्ड छन् । भिडियोको निर्देशन बिक्रम चौहानले गरेका हुन् ।