संसद पुनःस्थापना पछिको पाचौँ बैठक बस्दै, यस्ता छन् कार्यसूची



काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा विभिन्न विषयका प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची सार्वजनिक गरिकएको छ।

प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन’ र ‘महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन’ प्रस्तुत गर्ने सम्भावित कार्यक्रम रहेको छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन २०७७’ पेस गर्ने सम्भावित कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

आज बस्ने बैठक संसद पुनःस्थापना पछिको पाचौँ बैठक हो । सर्वोच्च अदालतले पुनर्स्थापना गरेपछि प्रतिनिधिसभाका बैठकहरू शोक प्रस्ताव र संवैधानिक आयोगका प्रतिवेदनहरू पेश हुँदै आएका छन्।