त्रिदेशीय फुटबल: बंगलादेश र किर्गिस्तान भिड्दै



काठमाण्डौ । आजदेखि हुन लागेको त्रिदेशीय फुटबल प्रतियोगिताको पहिलो खेलमा बंगलादेश र किर्गिस्तानले प्रतिष्पर्धा गर्ने भएका छन् ।

दशरथ रंगशालामा आयोजना हुने त्रिदेशीय फुटबलमा नेपाल, बंगलादेश र किर्गिस्तानले खेल्ने छन् । नेपालले पहिलो खेलमा किर्गिस्तानसँग खेल्नेछ । किर्गिस्तानको यू-२३ टिम हुनेछ ।

दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ । राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । फाइनल खेल चैत १६ गते हुनेछ ।