कैलालीमा आइतबाार साँझ भएको बस दुर्घटनामा परि १ को मृत्यु, २९ जना घाइते



काठमाडौं— कैलालीको धनगढीबाट काठमाडौंका लागि छुटेको बस घोडाघोडी नगरपालिका ५ डोकेबजारमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २९ जना घाइते भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सुखडका डिएसपी सागर बोहराका अनुसार मृतकको सनाखत हुन सकेको छैन । घाइते २७ जनाको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर एक जनालाई नेपालगञ्ज रेफर गरिएको छ । उनका अनुसार तीव्र गतिमा रहेको
ना ६ ख ७४६१ नम्बरको खप्तड मालिका यातायातको बस अगाडि रहेको अर्को सवारी साधनलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई दुर्घटना भएको हो ।