बङ्गलादेश विरुद्ध न्युजिल्याण्ड आठ विकेटले विजयी



काठमाडौं । न्युजिल्याण्डले बङ्गलादेश विरुद्धको पहिलो अन्तर्राष्ट्रिय एकदिबसीय खेल आठ विकेटले जितेको छ ।

जितसँगै न्युजिल्याण्डले विश्व क्रिकेट लिगमा दश अङ्क जोडेको छ । बङ्गलादेशले प्रस्तुत गरेको १३२ रनको लक्ष्य पछ्याउँदै न्युजिल्याण्डले मात्र २१ ओभर दुई बलमा दुई विकेटको क्षतिमा १३२ रन बनाएर पुरा गर्यो ।