स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले मौसम बदलि



काठमाडौं । आज पनि मौसम बदली भएको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले मौसम बदलिएको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही पहाडी भूभागमा वर्षा हुने सम्भावना रहेको छ । दिउँसोतिर केही ठाउँमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ ।राति पनि प्रदेश १ को पहाडी क्षेत्रमा हल्का वर्षा हुने अनुमान गरिएको छ ।