नागरिक उड्डयन प्राधिकरणमा पोखरेल



काठमाडौं, असार १३ गते । नेपाल नागरिक उड्डययन प्राधिकरणको महानिर्देशकमा उप महानिर्देशक राजनराज पोखरेललाई नियुक्त गरेको छ । बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले उहाँलाई महानिर्देशकमा नियुक्त गरेको हो । पोखरेलले आफूलाई महानिर्देशकको जिम्मेवारी प्राप्त भएको पुष्टि गर्नुभयो ।
प्राधिकरणकै १२ तहका कर्मचारी पोखरेलले अघिल्ला महानिर्देशक सञ्जिव गौतमको जेठ दोस्रो साता कार्यकाल समाप्त भएपछि कार्यवाहक महानिर्देशकको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । बर्दियाको गुलरियामा २०२१ सालमा जन्मनुभएका पोखरेल २०४७ सालमा तत्कालिन हवाई सेवा विभागमा राजपत्राङ्कित तृतीय श्रेणी प्राविधिक अधिकृतका रुपमा सेवा प्रवेश गर्नुभएको थियो । पोखरेल तीन बर्षअघिदेखि प्राधिकरणको उप महानिर्देशकको जिम्मेवारी हुनुहुन्थ्यो ।
पोखरेलले अन्तर्राष्ट्रिय नागरिक उड्ययन सङ्गठनको नेपालको राष्ट्रिय कार्यक्रमको संयोजकका रुपमा सुरक्षासूचीबाट नेपाललाई बाहिर ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । युरोपेली आकाशमा नेपाली उडान पुनः सुरु गराउनुपर्ने, आन्तरिक हवाई सुरक्षा स्थिति बढाउनुपर्ने तथा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलहरुलाई समयमै सञ्चालन गर्नुपर्ने चुनौति पोखरेलका अगाडि छन् ।