सरकार टिकाउन अनुचित सम्झौता गर्दिन : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार टिकाउन अनुचित सम्झौता नगर्ने बताएका छन् ।

आफूले बोलाएको ‘केन्द्रीय कमिटी’ बैठकमा ओलीले सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि सरकार संविधानको धारा ७६(२) मा रुपान्तरित भएको भन्दै यही अनुसार अगाडि बढ्ने भन्दै उनले ‘सरकार टिकाउन अनुचित सम्झौता, सिद्धान्तहीन गठबन्धन र जनताको भावना विपरित काम नगर्ने बताएका हुन् ।

कथम्कदाचित थप घेराबन्दी गरिए नयाँ शक्तिका साथ आउने बताएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।