अस्ट्रेलियाकी चर्चित मोडेल भिक्टोरिया नेपाली म्युजिक भिडियोमा



काठमाडौं । अस्ट्रेलियाकी चर्चित मोडेल भिक्टोरिया म्यानटिनलाई पहिलोपटक नेपाली म्युजिक भिडियोमा देखिएकी छिन्।

अस्ट्रेलियामा बसेर फिल्ल्म मेकिङसम्बन्धी अध्ययन गरेका नेपाली निर्देशक अनिल गिरीले ‘सुस्तरी’ बोलको गीतको भिडियोमा म्यानटिनलाई पर्दामा उतारेका हुन्।

उक्त गीतको भिडियो अस्ट्रेलियाको सुन्दर समुद्री किनारा र रमणीय ठाउँहरुमा छायाकन गरिएको छ। जसमा निर्देशक गिरीको निर्देशकीय कला देख्न सकिन्छ। गिरी लामो समयदेखि अस्ट्रेलियाको मेलबर्नमा बसेर सक्रिय रुपमा काम गर्दै आएका छन्। उनले धेरै अंग्रेजी सर्ट फिल्म र टेलिभिजन शोहरुको निर्देशन गरेका छन्। नेपाली भिडियोसम्बधी कामहरु पनि गरेका छन्।

‘सुस्तरी’मा पहिलो नेपाल आइडलमा टप ५ की  गायिका सुजाता पाण्डेको शब्द‚ संगीत र स्वर रहेको छ। भिडियोलाई एजी फिल्म अस्ट्रेलियाबाट सार्वजनिक गरिएको हो।