बडाल महान्यायाधिवक्तामा नियुक्त



काठमाडौँ । रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपराह्न बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपति कार्यालयलका प्रवक्ता रूपनारायण भट्टराईले विज्ञप्ति जारी गरी जानकारी दिएका हुन् ।

शुक्रबार दिउँसो महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिएपछि सरकारले अधिवक्ता बडालको नाम सिफारिस गरेको थियो । नवनियुक्त महान्यायाधिवक्ता बडाल एमालेनिकट ट्रेड युनियन जिफन्टका उपाध्यक्ष हुन् ।

खरेल २०७४ फागुन ८ गते महान्यायाधिवक्तामा नियुक्त भएका थिए । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक प्रावधान छ ।