नैतिक दायित्व लिई प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छ : प्रतिपक्षि कांग्रेस



काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रतिनिधिसभा पुर्नस्थापित भएपछि विघटन गर्ने प्रधानमन्त्रीले नैतिक दायित्व लिदै मार्गप्रशस्त गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै प्रमुख सचेतक खाँडले प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्नस्थापना गर्ने सर्वोच्चको आदेश संगै नैतिक उत्तरदायित्व लिएर सरकार गठनको मार्गप्रशस्त गरिदिनुपर्ने बताउनुभएको हो । उहाँले त्यसकार्य तर्फ सदनको ध्यान जानुपर्ने धारणा राख्नुभयो ।