त्रिदेशीय फुटबल : एन्फाको पैसा उठाउने ड्रिम प्रोजेक्ट



काठमाडौं । कोभिड–१९ पछि अस्तब्यस्त बनेको नेपाली खेलकुद क्षेत्र विस्तारै जुरमुराउँदै छ।

घरेलु प्रतियोगिताहरु भइरहेपनि अन्तराष्ट्रिय प्रतियोगिता भने नेपालमा आयोजना हुन सकिरहेको छैन। यस्तोमा विश्वकप छनोटको घरेलु मैदानमा हुने महत्वपुर्ण खेलहरु कमजोर कुटनीतिका कारण नेपालबाट बाहिरिने पक्का भएको छ। तत्कालका लागि न्यूट्रल भेन्यूका रुपमा कुवेत प्रस्ताव गरेपनि एएफसी र फिफामा अझै आयोजनाका लागि आन्तरिक राजनीति जारी छ।

यसैबीच एन्फाले त्रिदेशीय फुटबल प्रतियोगिता हुने जानकारी दियो। सम्भवत नेपाली खेलकुदमा कोरोना कालपछि यो ठूलो इभेन्ट आयोजना हुन लागेको छ। त्यस्तोमा अन्तर्राष्ट्रिय रुपमा समेत नेपालको छविलाई राम्रो बनाउने प्रयास गर्नु र नेपाल अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सक्षम रहेको सन्देश प्रवाह पहिलो प्राथमिकतामा पर्नु पर्थ्यो। जसले एएफसी र फिफालाई झकक्याउन सक्थ्यो। विडम्बना अवस्था यस्तो रहेन। एन्फाले त्रिदेशीय यो प्रतियोगितालाई पैसा उठाउने ड्रिम प्रोजेक्टका रुपमा लियो। जसको झल्को उसले बिहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा दियो।

एक करोड खर्च डेढ करोड उठाउने लक्ष्य

१० देखि १६ चैतसम्म सञ्चालन हुने प्रतियोगिताको लगभग तयारी पूरा भएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए। उनले स्वास्थ्य सावधानि अपनाउने बताए पनि दर्शकको ठुलो संख्यालाई रंगशालामा प्रवेश गराउने बताए।

साथै उनले प्रत्यक्ष प्रसारणको अधिकार र टाइटल स्पोनसरसँग पनि कुरा भइरहेकाले अनुमानित रकम थप बढ्न सक्ने विश्वास व्यक्त्त गरे। दशरथ रंगशालामा हुने प्रतियोगितामा भीआइपी तर्फको प्यारापिटको टिकट दर १५ सय रुपैयाँ र सामान्य तर्फ ७ सय तोकिएको जानकारी राईले दिए।
साथै उनले कुल १५ हजार सिट मध्येमा १२ हजार सिट बिक्रीको लक्ष्य सुनाए।

१५ सय वटा टिकट भिआइपी तर्फ र सामान्य तर्फ १० हजार ५ सय वटा टिकट बेच्ने र प्रतियोगिताको खर्च र आम्दानी समेत गर्ने योजना उनले सुनाएका थिए। तर उनको योजनालाई दर्शकले कति साथ देलान त्यो भने प्रतियोगिताको उपस्थितिले देखाउने छ।

विजेतालाई ५ लाख

प्रतियोगितामा कमाइको ठूलो उदेश्य राखिए पनि पुरस्कार राशि भने आम्दानीको तुलनामा निकै कम छ। जहाँ विजेताले ५ लाख डलर प्राप्त गर्दा उप विजेताले ३ लाख प्राप्त गर्ने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५०० डलर र हरेक खेलको म्यान अफ द म्याचलाई २ सय ५० डलर दिइने छ।

नेपाली समय अनुसार खेल साँझ ५स्३० देखि सुरु हुने छ। एन्फाले सार्वजानिक गरेको खेल तालिका अनुसार नेपालले आफ्नो पहिलो खेल १२ चैतमा कीर्गिस्तानको यू(२३ टीमसँग खेल्ने छ भने १४ चैतमा बंगलादेशसँग प्रतिष्पर्धा गर्ने छ।