वाणिज्य बैंकको व्यवसायिक कर्जाको अधिकतम प्रिमियम दर घट्यो



राष्ट्रिय वाणिज्य बैंकले सम्पूर्ण व्यवसायिक चालु पूँजी कर्जाको अधिकतम प्रिमियम दर ०.५० प्रतिशतले घटाएको छ । चैत १ गतेबाट लागू हुने गरी बैंकले प्रिमियम दर घटाएको हो ।

बैंकले नयाँ तथा पुराना ग्राहकहरुको लागि व्यवसायिक कर्जामा रहेको ३।२५ प्रतिशत अधिकतम प्रिमियम दर घटाइ २.७५ प्रतिशत मात्रै हुने गरी तोकेको हो । बैंकले हाइपोथिकेशन, ओभरड्राफ्ट, डिमान्ड लोन, चालुपुँजी जस्ता व्यवसायिक कर्जा प्रवाह गरिरहेको जनाएको छ ।
बैंकले निक्षेपमा दिने ब्याजदर भने वृद्धि गरेको छ ।