नेपाल समूहले लगायो प्रधानमन्त्रीमाथि गम्भीर आरोप



काठमाडाैं । नेकपा एमाले माधव नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएको छ।

आज माधव नेपाल समूहका ११ जना स्थायी समिति सदस्यले संयुक्त वक्तव्य जारी गर्दै ओलीविरुद्ध केपी ओलीको राज्यसत्ता दक्षिणपन्थी र विसर्जनवादी भएको आरोप लगाएका छन्।

साथै यसविरुद्ध दृढतासाथ अघि बढ्नु आजको आवश्यकता भएको उनीहरूले ठहर गरेका छन्। कम्युनिष्ट पार्टीको नीति सिद्धान्त आफूहरूसँग रहेको भन्दै उनीहरूले ओलीका गुटका कदमलाई असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी कुकृत्य करार गर्दै यसलाई पराजित गरी छाड्ने उल्लेख गरेका छन्। त्यस्तै वामपन्थी एकतालाई बढाउन उनीहरूले कार्यकर्ता तहमा आह्वान पनि गरेका छन्।