आज काठमाडौं यी ठाउँमा विद्युत् आपूर्ति बन्द हुने



काठमाडौं : काठमाडौंको जोरपाटी वितरण केन्द्र र बुढानीलकण्ठ वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरुमा शनिबार बिजुली जाने भएको छ।

जोरपाटी वितरण केन्द्रको साँखु फिडरअन्तर्गतका क्षेत्रमा र बुढानीलकण्ठ वितरण केन्द्रको चुनिखेल फिडरअन्तर्गतका क्षेत्रमा झण्डै ६ घण्टा बिजुली जाने नेपाल विद्युत् प्राधिकरणले सूचनामार्फत जानकारी दिएको छ।

जोरपाटी वितरण केन्द्रको साँखु फिडरअन्तर्गत माया पाटी, ब्रह्मखेल, इन्द्रायणी, साँखु, जर्सिङपौवा, नाङ्लेभारेलगायतका ठाउँमा बिहान १० देखि  दिउँसो ४ बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

यस्तै, बुढानीलकण्ठ वितरण केन्द्रको चुनिखेल फिडरअन्तर्गत पर्ने भंगाल, गाम्चा, सापाटार, टुपेक, कौडोल, बासबारी, सुन्दरबस्ती क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ५ बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ। दुवै फिडर सटडाउन गरेर मर्मतको काम गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति बन्द गर्न लागिएको प्राधिकरणले स्पष्ट पारेको छ।