ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकी प्रमुख हृदय मोहिनीको निधन



काठमाडौं । प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकी प्रमुख दादी हृदय मोहिनीको निधन भएको छ।

मुम्बईस्थित एक निजी अस्पतालमा ९३ वर्षको उमेरमा उनको बिहीबार निधन भएको अधिकारीहरूले जानकारी दिएका छन्।

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि पछिल्लो झण्डै १५ दिनदेखि मुम्बईमा उहाँको उपचार भइरहेको थियो । उनको शव शुक्रबार माउन्ट आबु रोडमा रहेको ईश्वरीय विश्वविद्यालयको मुख्यालयमा राखिने भएको छ।

त्यहाँ उनलाई अन्तिम श्रद्धाञ्जली दिइने अधिकारीहरूले जनाएका छन्।