चक्र बम र जानकी तारामीको आवाजमा ‘छम्का छोर्याट्टी’ सार्वजनिक



काठमाडौं । लोकप्रिय गायक चक्र बमको आवाजमा ‘छम्का छोर्याट्टी’ सार्वजनिक भएको छ । गीतमा गायक बम र गायीका जानकी तारामी मगरको आवाज छ । गीत जानकी तारामी मगर युट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतमा गायक बम र रोहित देउवाको शब्द छ भने, चक्रकै संगीत छ । आसिश अविरलको एरेन्ज रहेको गीतमा स्मृती शाही, पुष्पा बोहरा, उमेश मुस्कान, र जेपी रेग्मीको सामूहिक स्वर रहेको छ ।

गीतमा भिडियोमा चक्र र गीता ढंगानाको नृत्य तथा अभिनय छ । भिडियोको निर्देशन बिक्रम चौहानले गरेका छन् ।