‘माओवादी केन्द्रसँग पार्टी एकता गर्ने भएन भने सहकार्य यथावत राख्ने’



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो व्यक्तिगत नभई राजनीतिक मतभेद रहेको बताउनुभएको छ ।

उहाँले प्रधानमन्त्री ओलीले गरेका असंवैधानिक निर्णयको आफुले विरोध गरेको बताउँदै सर्वोच्च अदालतले पूर्व एमालेलाई यथावत राख्ने निर्णय गरेकाले ओली आफ्नो पार्टीको अध्यक्ष रहेको स्पष्ट पार्नुभयो ।

पत्रकार ऋषि धमलासँग कुरा गर्दै रावलले भन्नुभयोे,“सर्वोच्च अदालतले नै पूर्व एमालेलाई यथावत राखेपछि हामी पनि यथावत पदमा फर्केका छौँ, पार्टीको नवौं महाधिवेशनबाट ओली जी अध्यक्ष चयन हुनुभएको हो, म उपाध्यक्ष त्यसैले अब हामी देशकको हितमा काम गर्न एकजुट भएर काम गछौँ ।”

ओली नै प्रधानमन्त्री रहने कि नरहने भन्नेबारे निर्णय पार्टीले लिने उहाँले बताउनुभएको छ । नेकपा एमाले र नेकपा माओवादी आगामी दिनमा पनि देशको हितमा एकजुट भएर अघि बढ्ने उहाँले उल्लेख गर्नुभयो ।

नेता रावलले भविष्यमा सकेसम्म माओवादी केन्द्रसँग पार्टी एकता गर्ने भएन भने पनि सहकार्य भने यथावत राख्ने दावी गर्नुभयो ।