प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक दिउँसो ३ बजे



काठमाडौं : प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक सरेको छ।

आज बिहान ११ बजे बोलाइएको स्थायी कमिटी बैठक दिउँसो ३ बजेका लागि सारिएको सो समूहका नेता देव गुरुङले जानकारी दिए।

सर्वोच्च अदालतले गरेको फैसलाका सम्बन्धमा थप छलफल गर्न समय आवश्यक रहेकाले बैठक सारिएको उनले बताए।

सर्वोच्च अदालतले आइतबार नेकपाको नाम ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि उत्पन्न पछिल्लो राजनीति झनै पेचिलो बनेको छ।