नेपालमा आईफा अवार्ड नहुने



नेपालमा भारतीय फिल्म अवार्ड आईफा नहुने भएको छ । चारैतर्फबाट आएको विरोधको कारणले सरकारले उक्त अवार्ड कार्यक्रम नेपालमा नगर्ने भएको हो । पूर्वाधारमा सक्षम भएपछि मात्र अवार्ड कार्यक्रम हुने सम्भावना भएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए ।
अवार्ड कार्यक्रमका लागि अनुदान स्वरुप ४४ करोड रुपैयाँ काठमाडौं महानगरपालिकाले दिने भनिएको थियो । उक्त अवार्ड कार्यक्रममा नेपाली नागरिको करबाट अनुदान दिने कुरामा विरोध भएको थियो ।सरकारले असार ८ गते मन्त्रिपरिषद बैठकबाट भारतीय फिल्म अवार्ड आईफा नेपालमा आयोजना गर्ने निर्णय गरेको थियो ।