काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले स्थायी कमिटि बैठक बोलाएको छ ।
सर्वोच्च अदालतले नेकपाको नामलाई लिएर भएको विवादमा फैसला गर्दै एकतापछि बनेको नेकपाको आधिकारिता नै खारेज गरेपछिको अवस्थाबारे छलफल गर्न दाहाल–नेपाल समूहको बैठक बस्न लागेको हो ।
बैठक सोमबार बिहान ११ बजे पेरिसडाँडामा बस्नेछ । सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएको अवस्थामा भावी रणनीतिबारे छलफल गर्न बैठक बोलाइएको दाहाल–नेपाल नेकपाले जनाएको छ ।
समूहले फैसलापछिको अवस्थाबारे कानून व्यवसायीसँग आइतबार छलफल गरेको थियो ।