शिशिरको निर्देशनमा ‘क्षितिजपारीमा’, सुधिर र अंशु न्यौपानेको अभिनय



काठमाडौं । निर्देशक तथा कलाकार उत्तम श्रेष्ठ (शिशिर)को निर्देशनमा ‘क्षितिजपारीमा’ बोलको गीत सार्वजनिक भएको छ ।

गायक प्रताप दास, र गायीका रचना रिमालको आवाज रहेको गीतको भिडियो श्रेष्ठले निर्देशन गरेका हुन् ।  डिपी दाहाल परिश्रमीको शब्द रहेको गीतमा पुरुषोत्तम न्यौपानेको संगीत छ । गीत डिलाईट नेपालको युटुयूब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतमा सुधिर श्रेष्ठ र अंशु न्यौपानेको अभिनय रहेको छ । श्रेष्ठको निर्देशनमा रहेको दूरी मजबुरी बोलको गीतले निकै चर्चा कमाएको थियो ।