अब मोवाइल बैंकिङ कारोबार दैनिक २ लाख रुयैयाँ सम्म गर्न सकिने



काठमाडौं । नेपाल राष्ट्र बैंकले मोवाइल बैंकिङ र इन्टरनेट बैंकिङको कारोबार बढाएको छ ।

राष्ट्र बैंकका अनुसार अब मोवाइल बैंकिङ कारोबार दैनिक २ लाख रुयैयाँ सम्म गर्न सकिने छ, भने इन्टरनेट बेंकिङ कारोबार दैनिक २० लाख सम्म गर्न सकिने छ ।

पछिल्लो समय डिजिटल बैंकिङका प्रयोग कर्ताहरु बढ्दै गएका छन् । डिजिटल बैंकिङ प्रयोगकर्ताहरु बढेसँगै राष्ट्र बैंकले यसको सुविधा बढाउदै लगेको छ ।

डिजिटल बैंकिङले मोवाइल वालेटमै सिंगो बैंकलाई क्याप्चर गर्दै लगेको छ भने क्यासलेस कारोबार पनि बढ्दै गएको छ ।