४७ वर्षअघिको ‘सुखानी’ काण्ड: कम्युनिस्ट आन्दोलनको ऐतिहासिक दिन



काठमाडौं : आज फागुन २१ अर्थात् नेपाली कम्युनिस्ट आन्दोलनको ऐतिहासिक दिन। २०२९ फागुन २१ मा तत्कालीन पञ्चायती शासकले इलामको माईनगरपालिका–४ को सुखानीमा झापा आन्दोलनका अगुवाहरुलाई गोली हानी हत्या गरेको थियो।

झापा कारागारबाट इलाम कारागार सार्ने बहानामा नेत्र घिमिरे, कृष्ण कुइँकेल, रामनाथ दाहाल, वीरेन राजवंशी र नारायण श्रेष्ठलाई प्रहरीले गोली हानी हत्या गरेको थियो। उनीहरुले सहादत्त प्राप्त गरेको दिनलाई ‘सुखानी काण्ड’को रुपा परिचित रहेको छ।

सुखानीमा साहदत्त प्राप्त गरेका उनीहरुलाई केपी शर्मा ओलीको पहिलो प्रधानमन्त्री काल २०७२ फागुन १९ गते सरकारले शहीद घोषणा गरेको थियो।