ताप्लेजुङको दोभान बजारमा आगलागी, ३५ घर जलेर नष्ट



काठमाडौं । ताप्लेजुङको दोभान बजारमा आगलागी भइरहेको छ । मेरिङ्देन गाउँपालिका—३ मा रहेको जिल्लाकै दोस्रो ठूलो बजार दोभानमा आज बिहान १० बजे भोला पौडेलका घरबाट विद्युत् चुहिएर आगलागी भएको लाप्लेजुङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दोभान बजारमा अहिले ३५ घर जलेर पूरै नष्ट भइसकेको छन् । केही समयअघि ताप्लेजुङको दमकल आगलागी क्षेत्रमा पुगेको र छिमेकी जिल्ला पाँचथरदेखि पनि आउँदै गरेको प्रहरीले जनाएको छ ।