प्रचण्ड माधव समूहको सचिवालय बैठक जारी



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड माधव समूहको सचिवालय बैठक अहिले जारी छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बसिरहेको हो । बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन् ।

संसद् बैठकको मिति नजिकिदै गएका बेला कसरी अगाडि बढ्ने भन्नेबारे सचिवालयका नेताहरु छलफलमा जुटेको जनाइएको छ ।

यसबाहेक निर्वाचन आयोगले पार्टी वैधानिकता विवाद नटुंग्याएको विषयमा पनि छलफल हुने भएको छ ।