भृकुटीमण्डपमा भइरहेको ‘टिभिएस ग्राण्ड एक्स्चेन्ज मेला’ आज सकिदै



काठमाडौँ– नयाँ मोटरसाइकल या स्कुटर किन्ने सोचमा हुनुहुन्छ? या आफ्नो पुरानो मोटरसाइकल तथा स्कुटर ‘एक्स्चेन्ज’ गर्ने सोचिरहनुभएको छ?

यदि त्यसो हो भने, ढिला नगरी भृकुटीमण्डपमा भइरहेको ‘टिभिएस ग्राण्ड एक्स्चेन्ज मेला’मा जान सक्नुहुन्छ। जहाँ तपाईंहरुले टिभिएसका मोटरसाइकल तथा स्कुटर खरिद गर्नु सक्नुहुनेछ। या जुनसुकै कम्पनीका मोटरसाइकल तथा स्कुटर टिभिएस कम्पनीका मोटरसाइकल तथा स्कुटरसँग ‘एक्सचेन्ज’ गर्न सकिनेछ।

उक्त ‘एक्सचेन्ज’ मेला (सोमबार) सम्म चल्नेछ। तर जगदम्बा मोर्टसका जनरल म्यानेजर दीपकप्रसाद रौनियारले ग्राहकहरुको उत्साहलाई मध्यनजर गर्दै आफूहरुले मेलाको अवधि थप गर्ने योजना बनाएको जानकारी दिए।

उनले भने, ‘मेलामा जुन किसिमको उत्साह बोकेर ग्राहकहरु आएका छन्, त्यसलाई मध्यनजर गर्दै टिमबाट मेलाको समय थप गर्ने कुरा आइरहेको छ। आज साझँसम्म छलफल गरेर निष्कर्ष निकाल्छौँ। यसमा हामी समय थप गछौँ होला।’

मेलामा विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटरहरु उपलब्ध छन्।