शोभा थापा र अछामी बड्डाको ‘अतकको पाउनु’ सार्वजनिक (भिडियो)



काठमाडौं : गायीका शोभा थापा र गायक लाल बहादुर धामी (अछामी बड्डो) को आवाजमा ‘अतकको पाउनु’ बोलको गीत सार्वजनिक भएको छ । राजेन्द्र शाह (विपी) को शब्द तथा गायक धामीको संगीत रहेको गीत विशेष फिल्मसको युट्यूब च्यानलबाट सार्वजनिक भएको हो ।

गीतको एरेन्ज बिजय थापाले गरेका हुन् भने शेर साउँदले रेकर्ड गरेका हुन् । भिडियोमा मोडल रोजी कुवँर, लाल बहादुर धामी, र शोभा थापाको अभिनय छ ।भिडियोलाई भिम थापाले निर्देशन गरेका छन् भने, डिबी राउलले छायांकन गरेका हुन् ।