प्रधानमन्त्रीले गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने

खेल पूर्वाधारको निरीक्षण पनि


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ ।

पार्टीको प्रदेश कमिटीले पोखरा सभागृहमा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली पोखरा जान लाागनुभएको हो । आजै उहाँले नदीपुरस्थित गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्ने कार्यक्रम पनि रहेको छ ।

सोही क्रममा उँहाले पोखरा रंगशालाको पनि निरीक्षण गर्नुहुनेछ । गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकुदका लागि अत्यावश्यक भौतिक पूर्वाधारबारे प्रधानमन्त्रीले चासो राख्नुभएको हो ।

प्रधानमन्त्री ओलीले पोखरा अन्तर्राष्ट्रिय फुटबल रंशालासहित भलिबल कोर्ट, क्रिकेट मैदान, ब्याडमिन्टन हल, बहुउद्देश्यीय कभर्ड हल, टेनिस कोर्ट लगायतका खेल पूर्वाधारको निरीक्षण गर्नुहुने छ ।