भारतका प्रधानमन्त्री मोदीले लगाए कोरोना भाइरसविरुद्धको भ्याक्सिन



काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाएका छन्। उनले आज बिहानै भ्याक्सिन लगाएका हुन्।

एम्समा गएर मोदीले भ्याक्सिनको पहिलो डोज लगाएको ट्विटरमा जानकारी दिएका छन्। प्रधानमन्त्री मोदीले सबैलाई भ्याक्सिन लगाउन अपिल पनि गरेका छन्।

भारतमा आजदेखि ४५ वर्षभन्दा बढी उमेरका नागरिकलाई खोप अभियान सुरु भएको छ। यो चरणमा १० करोडलाई भ्याक्सिन लगाउने योजना छ।

१६ जनवरीमा सुरु भएको भ्याक्सिन अभियानअन्तर्गत आगामी जुलाईसम्ममा ३० करोडलाई भ्याक्सिन लगाउने भारतको लक्ष्य छ।